
लकडाउनको बेलामा विद्यार्थीहरूलाई पढाई व्यवस्थापनमा समस्या भएको भन्दै दैलेखमा रेडियोमार्फत महत्त्वपूर्ण बिषयहरुको तयारी कक्षा सञ्चालन गरिएको छ ।
रेडियो कार्यक्रममा आइतबार र बुधवार अङ्ग्रेजी, सोमवार र बिहीबार गणित अनि मङ्गलवार र शुक्रवार विज्ञान विषय शिक्षण गरिने छ । दैलेखका दुईवटै रेडियोबाट बिहान ८ः१५ बजेपछि कक्षा सञ्चालन गरिने भएको हो ।
दैलेखकादुई वटै स्थानीय एफएम रेडियोबाट एसईई परीक्षा तयारी दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरेका छन् । शिक्षाविकास तथा समन्वयइकाई दैलेख, सेभ द चिल्ड्रेन÷एभरेष्टक्लव दैलेख र स्थानीय तहहरुको समन्वयमा सोमवार देखि कार्यक्रम सुरु गरिएको छ ।
दैलेखकादुई ओटै एफएमहरु रेडियो धुवतारा सामुदायिकएफएम ८९ थोप्लो मेगाहर्ज र रेडियो ज्वाला सामुदायिकएफएम १०० थोप्लो ४ मेगाहर्जमा हरेक दिनविहान सवा ८ बजेपछि एकै साथ प्रसारणगर्ने व्यवस्था मिलाइएको एभरेष्टक्लवका कार्यक्रम संयोजक टेकराज आचार्यले जानकारी दिए ।
अङ्ग्रेजी, गणित र विज्ञानविषयमासिकाई उपलब्धीकमजोर भएको कारणएसईई परीक्षाकालागि दूरशिक्षाकार्यक्रमगर्न थालिएको यीविषयमामात्र समेटिएको शिक्षाविकास तथा समन्वयइकाई दैलेखकाइकाई प्रमुख तेजबहादुर थापाले बताए ।
यसै गरी गुराँस गाउँपालिका, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक)को सहयात्रा दोस्रो परियोजनाको सहयोगमा लकडाउनको कारण विद्यालय बन्द भएको अवस्थामा प्राथमिक तहका बालबालिकालाई घरमा पढाई लेखाईलाई मद्दत पु¥याउन बालचौतारी रेडियो कार्यक्रम सुरु भएको छ ।
बाल सहभागितालाई बढावादिइने यो कार्यक्रम रेडियो धु्रवतारा सामुदायिकएफएमबाट सोमवार, बुधवार र शुक्रवार साँझ ६ः३० बजेदेखि ७ बजेसम्म प्रसारण हुने सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बीसीले जानकारी दिए ।









